Saturday, May 2, 2026
Homeअर्थशेयरस्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ...

स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ बेच्ने

विराटचोकः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आजदेखि आईपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको कोटाभित्रबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ । श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत् आवेदन दिन सक्नेछन् ।

स्थानीयवासीले आस्बाका साथै माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओ बन्द छिटोमा बैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments