Thursday, April 30, 2026
Homeअर्थशेयरहिमालयन पावर पार्टनरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बेच्ने

हिमालयन पावर पार्टनरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बेच्ने

विराटचोकः हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

सो कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ चैत १० गते कम्पनीले बुक क्लोज गरेको हुनाले चैत ९ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेंसीशहर, दोर्दी, भोटेओडार र उदीपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत् तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत् पनि आवेदन दिन सक्नेछन् ।

हकप्रद बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन गरी सङ्कलन भएको रकम कम्पनीले प्राइम कमर्सियल बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिएको सहवित्तीयकरण ऋण रकम भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments