Sunday, April 26, 2026
Homeअर्थसवारीरोकिराखेको ट्रकमा भारतीय नम्बर प्लेटको कार ठोक्किँदा २ जनाको मृत्यु, तीन जना...

रोकिराखेको ट्रकमा भारतीय नम्बर प्लेटको कार ठोक्किँदा २ जनाको मृत्यु, तीन जना घाइते

कपिलवस्तुः हिजो राति ९ बजेतिर कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका – ११ बनगाइका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको मृत्यु भएको हो । दुर्घटनापछि उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा घाइते भएका कपिलवस्तुको महाराजगन्ज– ११ का ६५ वर्षीय नन्दप्रसाद दुबेको जिल्ला अस्पताल तौलिहवाको उपचारपछि सिटी हस्पिटल भैरहवामा लगेर थप उपचार भइ रहेको छ । अन्य दुई घाइते शिवराज– १० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज – ११ का २० वर्षीय सुरेश कुर्मी भने उपचार पछि डिस्चार्ज भएका छन् ।

हिजो राति ९ बजेतिर हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवा खण्डमा सडकमा छेउ लगाएर रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा पछाडि बाट भारतीय नम्बर प्लेट युपी ३२ सिए ८३४३ नम्बरको गाडी ठोक्किएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments