Sunday, April 26, 2026
Homeअर्थशेयरनासा सेक्युरिटिजद्वारा ‘आफ्टर मार्केट अर्डर’ सेवा शुरु

नासा सेक्युरिटिजद्वारा ‘आफ्टर मार्केट अर्डर’ सेवा शुरु

विराटचोकः नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ ले लगानीकर्ताहरूका लागि अत्याधुनिक प्रविधि सहितको नयाँ सुविधा ‘आफ्टर मार्केट अर्डर’ शुरु गरेको जनाएको छ ।

कम्पनीले आफ्नो नासा एक्स टिएमएस प्लेटफर्म मार्फत यो सेवा बैशाख ११ गते शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको जनाएको छ । अब लगानीकर्ताहरू नियमित कारोबार समयको सीमाभित्र मात्र नरही बजार नखुलेको समयमा पनि शेयर किनबेचका लागि अर्डर गर्न मिल्ने भएको जनाइएको छ ।

खरीद वा बिक्री आदेश दिँदा उक्त दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत तल वा माथिको सीमा भित्र बसेर दिन मिल्ने र बजार खुलेपछि कार्यान्वयन नभएमा (म्याचिङ नभएमा) सो आदेश स्वतः खारेज हुने बताइएको छ ।

यो सुविधा विशेष गरी कार्यालय समयमा व्यस्त रहने पेशाकर्मी, व्यवसायी र विदेशमा रहेका नेपालीहरूका लागि निकै प्रभावकारी हुने बताइएको छ ।

नेप्सेले धितोपत्र कारोवार बिनियमावली २०८२ संशोधन गरेर ०८३ बैशाख ८ गते यो सेवा लागू गरेपछि पहिलो पटक नासाले यो सेवा शुरू गरेको हो ।

हाल यो सेवा नासा एक्सको वेब संस्करणमा मात्र उपलब्ध रहेको चाँडै यसलाई कम्पनीको मोबाइल एप्लिकेसनमा समेत विस्तार गरिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments