Saturday, April 25, 2026
Homeराजनीतिरास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी

रास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी

विराटचोकः ओखलढुङ्गाबाट रास्वपाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका विशवराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।

आज उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिँदै यथार्थ भिडियो सार्वजनिक नभई सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै राखिँदा त्यस्तो देखिएको बताएका छन् ।

‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले भनेका छन्, ‘कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’

आफ्नो व्यवहार संयमित हुनुपर्नेमा नभएको कुरा भने उनले स्वीकार गरेका छन् ।

‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’ भन्दै उनले बोलेको भिडियो भाइरल भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments