Sunday, April 26, 2026
Homeसमाचारबिहानै पुग्यो मनोहराको सुकुम्बासी बस्ती भत्काउन डोजरसहितको टोली

बिहानै पुग्यो मनोहराको सुकुम्बासी बस्ती भत्काउन डोजरसहितको टोली

भक्तपुरः मनोहरास्थित सुकुम्बासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।

हिजो सो बस्तीका टहरा भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनः मनोहरा क्षेत्रमा पुगेको हो ।

अहिले सुकुम्बासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

हिजो सरकारले काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र सिनामंगलमा रहेका सुकुम्बासी बस्ती हटाएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments