इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यात्रुवाहक सवारी साधनमा भाडादर सूची राखेको अथवा नराखेको, आरक्षण सिटको व्यवस्था गरेको वा नगरेको तथा ढोकामा झुण्डिएर यात्रा गराउने प्रवृत्ति रहेको, नरहेको जाँच गर्न थालेको छ ।
विशेष जाँच तथा अनुगमन अभियान सञ्चालन गरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा चल्ने हायस, विङ्गर तथा विद्युतीय सवारी साधनहरूको विस्तृत जाँच गरेको हो ।
सो क्रममा तोकिएको मापदण्ड विपरीत सञ्चालन भएका सवारी साधनका चालक तथा सहचालकलाई सम्झाइबुझाई गर्नुका साथै बढी भाडा असुल्ने, भाडादर सूची नराख्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने १४ वटा सवारी साधनका चालकलाई आवश्यक कारबाही गरिएको सो कार्यालयले जनाएको छ ।



