Wednesday, April 22, 2026
Homeअर्थसवारीनेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिको संयोजकमा पुनः सरोज श्रेष्ठ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिको संयोजकमा पुनः सरोज श्रेष्ठ

धरानः आज सम्पन्न सातौँ अधिवेशनबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ चयन हुनुभएको छ ।

धरानमा सम्पन्न अधिवेशनले श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित कार्यसमितिको सहसंयोजकमा टेकप्रसाद खनाल, सचिवमा नेत्रबहादुर थापा र कोषाध्यक्षमा हरि थापा चयन हुनुभएको छ । खुला सदस्यहरूमा कृष्णबहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश निरौला, गोपाल बराल, कुशलराज दाहाल, रुद्रबहादुर बराल, भरत खतिवडा र ओमभक्त मैनाली चयन हुनुभएको छ ।

वरिष्ठ सदस्यहरूमा मिलन विश्वकर्मा, हिमाल पाण्डे, विष्णुप्रसाद दुलाल, इन्द्रबहादुर बस्नेत तथा महिला सदस्यमा मन्दिरा चौधरी चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments