Wednesday, April 22, 2026
Homeअपराधसुनसरीको बर्जुबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

सुनसरीको बर्जुबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

इनरुवाः नेपाल भारत सीमा क्षेत्र सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलबाट करिब ८ सय मिटर दक्षिणबाट सशस्त्र प्रहरीले आज बिहान पौने ३ बजे १६० केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार हुन सफल भएका छन् ।

केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १६० केजी (१२ पोका) तयारी अवस्थामा रहेको गाँजा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दकिशोरप्रसाद महतोको कमाण्डमा खटिएको ५ जना र सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको कमाण्डमा खटिएको ५ जना गरी जम्मा १० जनाको संयुक्त टोलीले गस्तीका क्रममा उक्त गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरु सामान छाडी फरार भएका थिए । बरामद गरिएको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवा, सुनसरीमा राखिएको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments