Friday, April 17, 2026
Homeधर्म र संस्कृतिमातातीर्थ औंसीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश, ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

मातातीर्थ औंसीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश, ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

विराटचोकः आज मातातीर्थ औंसीको अवसर पारेर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताउनुभएको छ ।

‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औंसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु’, प्रधानमन्त्री शाहले सन्देशमा भन्नुभएको छ ।

‘आमाको मुख हेर्ने दिन आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौं, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून् । मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना । हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् ।

आज बिहान ७ बजे प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् लिखित सन्देश दिनुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments