Friday, April 17, 2026
Homeअपराधसुनसरीको बर्जुबाट गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीको बर्जुबाट गैँडाको खागसहित चार जना पक्राउ

इनरुवाः प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । झापाबाट गैँडाको खाग लिएर आइरहेको भने आएको गोप्य सूचनाका अधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् । खागसहित बर्जु–६ स्थित बर्जुताल नजिकबाट उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट गैँडाको एउटा खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ ।

खाग तस्करीको सञ्जाल ठूलो भएको र अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको प्रहरीले बताएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments