Friday, April 17, 2026
Homeअर्थशेयरसुन्दरहरैंचाको पीएलओसहित कम्पनीले बुक बिल्डिङ्गमार्फत आईपीओ बेच्ने, नेप्सेसँग भयो सम्झौता

सुन्दरहरैंचाको पीएलओसहित कम्पनीले बुक बिल्डिङ्गमार्फत आईपीओ बेच्ने, नेप्सेसँग भयो सम्झौता

विराटचोकः मोरङको सुन्दरहरैंचामा सञ्चालनमा रहेको पीएलओ (पूर्वाञ्चल ल्युब आयल) सहित विभिन्न पाँच कम्पनीले बुक बिल्डिङ प्रविधिमार्फत् आईपीओ जारी गर्ने भएका छन् ।

आईपीओ जारी गर्न ती कम्पनी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्कासनका लागि सम्झौता भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड बुक बिल्डिङमा सहभागी हुने भएका हुन् ।

ती कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत् योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन् ।

यस प्रक्रियाअनुसार ठूला संस्थागत लगानीकर्ताहरूले पहिले शेयरको मूल्य प्रस्ताव गर्नेछन्, र सोही आधारमा शेयरको अन्तिम मूल्य निर्धारण गरी सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

नेपालमा हालसम्म रिलायन्स स्पिनिङ मिल्सले मात्रै बुक बिल्डिङमार्फत् आईपीओ जारी गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments