विराटचोकः मन्त्रिपरिषद गठन भएको दुई साता नबित्दै मंगलबार मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरिएको छ ।
मर्यादाक्रममा गल्ती भयो भन्ने कुरा पहिलो दिन नै उठेको र मन्त्रिपरिषदकै केही सदस्यले अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भइसकेका विराजभक्त, शिशिर लगायतलाई वरीयतामा तल राखेर भर्खरै पार्टी प्रवेश गरेका वा पहिलोचोटि मन्त्री भएकाहरूलाई माथि राखिएकोमा प्रश्न उठाएका थिए ।
अहिले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको सहमतिमा पार्टीको वरिष्ठता, अघिल्लोचोटि मन्त्री भएको, नभएको र अन्य राजनीतिक योग्यताका आधारमा नयाँ मर्यादाक्रम तोकिएको बताइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पार्टी उपसभापतिका हैसियतले प्रधानमन्त्रीपछि दोस्रो वरीयतामै रहेका छन् । अन्य अधिकांशको वरियता हेरफेर भएको छ ।
अघिल्लो पटक रास्वपा सरकारमा गएका बेला मन्त्री भएका परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ तेस्रो र चौथो वरीयतामा रहेका छन् ।
जेनजी आन्दोलनको प्रतिनिधित्वका हिसाबले गृहमन्त्री सुधन गुरूङ पाँचौं मर्यादाक्रममा रहेका छन् ।
शपथ ग्रहणको दिन साढे १२ बजे शपथ ग्रहण हुँदा ११ बजेसम्म पनि मन्त्रीहरूको नाम टिपाउने काम भइरहेकोले जुन नाम पहिले टिपाइयो सोही नाम राष्ट्रपति कार्यालयबाटै अगाडि राखेर मर्यादाक्रम कायम भएको हुनाले अहिले सच्याएको बताइएको छ ।
यस्तो छ मन्त्रीहको पहिलेको र अहिलेको मर्यादाक्रम




