Wednesday, April 8, 2026
Homeसमाचारमहाकालीमा पुल बनाउने भनेर गएका हर्क साम्पाङले दार्चुलाको घट्टेखोलामा गरे पुलको शिलान्यास

महाकालीमा पुल बनाउने भनेर गएका हर्क साम्पाङले दार्चुलाको घट्टेखोलामा गरे पुलको शिलान्यास

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । उनले ब्यास गाउँपालिका–२ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । नेपाल–भारत सीमा नदी महाकालीमा पुल निर्माणको गर्ने भनी गएका उनले महाकालीको सहायक नदी घट्टे खोलामा पुलको शिलान्यास गरेका हुन् । त्यहाँ रहेको काठे पुललाई हटाएर झोलुङ्गे पुल बनाइने भएको हो ।

उनले आफूले पार्टी विस्तारका लागि नभई दार्चुलाबासीलाई राहत दिन पुल निर्माण गर्न लागेको बताएका थिए ।

महाकाली नदीमा रहेको तुइन विस्थापित गर्ने योजनाका साथ उनी संसद बैठक पनि छोडेर पश्चिमी सिमाना पुगेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments