विराटचोकः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले उपसभामुखका लागि आफूहरूले महिला उम्मेद्वार खडा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
नयाँ पार्टी रास्वपाले अर्काे नयाँ पार्टी श्रम संस्कृतिलाई साथ दिने अपेक्षा व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेको छन्, ‘सभामुख निर्विरोध चयन हुनुभएकोमा बधाइ दिइसक्यौँ । अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?
सभामुख पदमा रास्वपका उपाध्यक्ष डोलप्रसाद अर्यालको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।



