सुन्दरहरैंचाः मंगलबार नेपाली शेयर बजार ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ दशमलव १७ बिन्दुमा बन्द भएको छ । ३०४ कम्पनीको २३ करोड ३७ लाख ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।
यसअघि २०७८ माघ २० मा ८ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
मंगलबार सबैभन्दा बढी वित्त समूह ४ दशमलव ७५ प्रतिशतले बढेको छ । सोनापुर मिनरल्स एन्ड आयलको २८ करोड ३१ लाख ५५ हजार ८०२ रुपैयाँको शेयर किनबेच भएको छ ।
बुटवल पावर कम्पनी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, अपर तामाकोशी, युनाइटेड मोदी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रूप पावर, तेह्रथुम पावर कम्पनी, मकर जितुमाया हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ र हिमालयन रि(इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३४ खर्ब १६ अर्ब ४२ करोड ४१ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।