विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचितमध्येका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको शपथ ग्रहण आज हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित ७८ वर्षीय केसीले राष्ट्रपतिबाट शपथ लिएपछि भोलि प्रतिनिधि सभाका बाँकी २७४ जना सदस्यहरुलाई सपथ ग्रहण गराउनुहुनेछ । सभामुख चयन नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नुहुनेछ ।





