Wednesday, March 25, 2026
Homeफिचरनेपाल हेल्थ कोप्र्सद्वारा विश्व क्षयरोग दिवसमा जनचेतनामूलक ‘वाक द टल्क’ कार्यक्रम

नेपाल हेल्थ कोप्र्सद्वारा विश्व क्षयरोग दिवसमा जनचेतनामूलक ‘वाक द टल्क’ कार्यक्रम

आशिका आचार्य

गोठगाउँः विश्व क्षयरोग दिवसको अवसर पारेर मोरङको सुन्दरहरैँचा–७, गोठगाउँमा नेपाल हेल्थ कोप्र्सले ‘वाक द टल्क’ नामक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा नेपाल हेल्थ कोप्र्स, विद्यार्थी कल्याण परिषद् र सार्वजनिक स्वास्थ्य विद्यार्थी समाजको संयुक्त आयोजना रहेको थियो । कार्यक्रममा क्षयरोगसम्बन्धी सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसको रोकथामका उपाय, समयमै परीक्षण र उपचारको महत्वबारे सहजीकरण गरिएको थियो ।

कार्यक्रममा क्षयरोगको इतिहासबारे जानकारी दिँदै यसलाई अत्यन्त पुरानो रोगका रूपमा चिनाइएको थियो ।

सुन्दरहरैंचा नगरपालिका र अनुस्करणको सहयोगमा सम्पन्न कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो ।

यो रोगको जीवाणु सन् १८८२ मा जर्मन वैज्ञानिक रोबर्ट कोचले पत्ता लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म पनि क्षयरोग विश्वभर प्रमुख सङ्क्रामक रोगका रूपमा रहेको छ ।

समयमै उपचार गरिएमा निको हुने यो रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, समुदायको सक्रिय सहभागिता र स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments