Friday, March 20, 2026
Homeराजनीतियस्तो छ जिल्लाअनुसार समानुपातिक सांसदको सङ्ख्या

यस्तो छ जिल्लाअनुसार समानुपातिक सांसदको सङ्ख्या

विराटचोकः समानुपातिकतर्फ निर्वाचित सांसदको संख्या हेर्दा जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंबाट १७ जना परेका छन् । यहाँ रास्वपाबाट मात्रै १० जना रहेका आयोगको तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्क सांसदहरूको नागरिकता जारी भएको जिल्लाको आधारमा लिइएको हो ।

रास्वपाबाट काठमाडौंका अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, कुसुम महर्जन, भूमिका श्रेष्ठ, कृपा महर्जन, लिमा आचार्य, विधुषी राणा, समीक्षा बास्कोटा, सुरेन्द्र चौधरी र अफ्साना बानु रहेका छन् ।

भूमिका लिम्बू सुब्बा, रामबहादुर थापामगर र कुलभक्त शाक्य नेकपा एमालेबाट, प्रमेशकुमार हमाल र परशुराम तामाङ नेकपाबाट तथा भरत गिरी र खुश्बु ओली राप्रपाबाट समानुपातिकतर्फ निर्वाचित भएका छन् ।

रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित झापाबाट ६ जना नेताहरू समानुपातिकतर्फ विजयी भएका छन् । झापामा रास्वपाबाट टीका संग्रौला, कांग्रेसबाट सुशीला आचार्य ढकाल, रीना उप्रेती र मनमाया विक विजयी भएका हुन् ।

यस्तै एमालेबाट नीता घतानी र श्रम संस्कृति पार्टीबाट अम्बिकादेवी संग्रौला निर्वाचित भएका छन् ।

मोरङ र धादिङबाट नागरिकता जारी पाँच–पाँच जना नेताहरू विजयी भएका छन् । मोरङबाट रजनी श्रेष्ठ, प्रेमलाल चौधरी, रुक्मिणीदेवी कोइराला, प्रमिलाकुमारी गच्छदार र गुरूप्रसाद बराल विजयी भएका हुन् ।

रजनी र प्रेमलाल रास्वपाबाट, रुक्मिणी र प्रमिला कांग्रेसबाट र गुरूप्रसाद एमालेबाट समानुपातिकतर्फ निर्वाचित भएका आयोगले जनाएको छ ।

धादिङका बसुमाया तामाङ, सीता थपलिया, गंगादेवी श्रेष्ठ, पुष्पराज कँडेल र सरस्वती लामा निर्वाचित भएका छन् । बासुमाया रास्वपा, सीता कांग्रेस, गंगादेवी तथा पुष्पराज एमाले र सरस्वती राप्रपामा आवद्ध छन् ।

सुनसरीबाट समानुपातिकतर्फ निर्वाचित भएका सिर्जना श्रेष्ठ, सृष्टि भट्टराई, प्रकाशचन्द्र दर्जी र निशा मेहता चारै जना रास्वपाका नेताहरू हुन् ।

सिराहाबाट पुरुषोत्तम शुप्रभात यादव, पुनमकुमारी अग्रवाल र ललिताकुमारी पनि रास्वपाबाटै विजयी भएका हुन् ।

सिराहबाट चन्देश्वर मण्डल पनि समानुपातिकतर्फ निर्वाचित भएका छन् । उनी एमालेका नेता हुन् ।

धनुषाबाट चन्द्रमोहन यादव, यशोधा कुमारी, जोगकुमार बरबरिया यादव, रूबीकुमारी विजयी भएका छन् । चन्द्रमोहन कांग्रेस नेता हुन् भने यशोदा कुमारी र जोगकुमार एमालेका नेता हुन् । रूबी कुमारी भने श्रम संस्कृति पार्टीकी सांसद हुन् ।

लुम्बिनी प्रदेशको दाङबाट पनि चार जना निर्वाचित भएका छन् । यहाँबाट क्रान्तिशिखा धिताल, खिमा विक, साजिदा खातुन सिद्धिकी र भीमकुमारी बुढामगर विजयी भएका हुन् । दाङबाट संसद बन्न सफल क्रान्तिशिखा र खिमा रास्वपा तथा साजिदा खातुन एमाले र भीमकुमारी नेकपामा आवद्ध छन् ।

सुदूर पश्चिमको कञ्चनपुरबाट समानुपातिकतर्फ चार जनाको प्रतिनिधित्व भएको छ । आयोगका अनुसार कञ्चनपुरबाट प्रतिभा रावल, गीता चौधरी, निराशा चौधरी डगौरा र कृपाराम राना निर्वाचित भएका हुन् । उनीहरूमध्ये रास्वपाबाट प्रतिभा र गीता, नेकपाबाट निराशा तथा एमालेबाट कृपाराम रहेका छन् ।

काभ्रेपलाञ्चोकबाट राम लामा, रचना खतिवडा खत्री, तारा विश्वकर्मा निर्वाचित भएका छन् ।

ललितपुरबाट खुसबु सरकार श्रेष्ठ, सुम्निमा यादव र प्रभा कार्की विजयी भएका छन् ।

ताप्लेजुङबाट मिङमा ग्याबु शेर्पा, रमेश प्रसाईं र गीताकुमारी सेन्दाङ निर्वाचित भएका छन् ।

बाग्लुङबाट गंगा छन्त्याल, रेनुका काउचा, बलावती शर्मा निर्वाचित भएका छन् ।

भक्तपुरबाट प्रमिला कुलुजु, मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल निर्वाचित भएका छन् ।

रुपन्देहीबाट श्रद्धा कुँवर क्षेत्री, मञ्जु भुसाल, ताहिर अलि भाट निर्वाचित भएका छन् ।

कैलालीबाट करिश्मा कठरिया, प्रेमबहादुर बयक र गणेशबहादुर विश्वकर्मा तथा महोत्तरीबाट कामिनी कुमारी, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव विजयी भएका छन् ।

संखुवासभा, गोरखा, डडेल्धुरा, बर्दिया, नवलपरासी बर्दघाट सुस्ता, सुर्खेत, रौतहट, चितवन, सप्तरी, कालिकोटबाट दुईदुई जना निर्वाचित भएका छन् ।

संखुवासभाबाट सुजाता तामाङ र पूर्णप्रसाद लिम्बू, गोरखाबाट एलिजा गुरूङ र शोभा खनाल, डडेल्धुराबाट आकृति अवस्थी र हरिनादेवी कामी, बर्दियाबाट ज्ञानु पौड्याल र रीमा विश्वकर्मा तथा नवलपरासी (बर्दघाट सुस्ता) बाट अमृत बिक र रिगला यादव निर्वाचित भएका छन् ।

सुर्खेतबाट सीता बादी र राधिका रम्तेल, रौतहटबाट गजला शमीम मिकरानी र शाहजान खातुन, चितवनबाट समिना मिया र टुकाभद्र हमाल, सप्तरीबाट खगेन्द्र कर्ण र अंकिता ठाकुर तथा कालिकोटबाट कालिबहादुर सहकारी र एशुदाकुमारी बराल विजयी भएका छन् ।

बाराबाट प्रभा ढकाल, दोलखाबाट स्मृति सेन्चुरी, बाँकेबाट सुष्मा स्वर्णकार (डिम्पल), पाँचथरबाट भीष्मराज आङ्देम्बे, पर्साबाट सुनिताकुमारी चौधरी, तनहुँबाट विष्णुमाया विक, पाल्पाबाट पार्वती विक र स्याङ्जाबाट पदमाकुमारी अर्याल निर्वाचित भएका छन् ।

गीता गुरूङ सोलुखुम्बुबाट, अर्जुननरसिंह केसी नुवाकोटबाट, रत्नाकुमारी थापा अछामबाट, पवित्रा विक मकवानपुरबाट, सरिता महतो सर्लाहीबाट विजयी भएका छन् ।

बाँकी ३७ जिल्लाबाट समानुपातिक सांसद निर्वाचित भएका छ्रैनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments