लमहीः आज दिउँसोको हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगो लागेको छ ।
लमहीस्थित १३२ केभी क्षमताको सब स्टेशनमा दिउँसो करिब साढे १ बजे आगो लागेको थियो । सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भए पनि समयमै आगो नियन्त्रणमा लिइएकाले धेरै ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।





