Thursday, March 19, 2026
Homeअर्थशेयरबैंक र विकास बैंकले ताने शेयर बजारको सूचक माथि, नेप्से पुग्यो २८७७...

बैंक र विकास बैंकले ताने शेयर बजारको सूचक माथि, नेप्से पुग्यो २८७७ को बिन्दुमा

विराटचोकः नेपाली शेयर बजार मापक नेप्से परिसूचक आज उल्लेख्य बढेको छ । बजार खुलेदेखि लगातार बढेको शेयर बजार मापक नेप्से परिसूचक २८८२ सम्म पुगे पनि बन्द हुने बेलामा केही घटेर २८७७ दशमलव ०२ अङ्कमा अडिएको छ ।

आज ३४२ कम्पनीको १ लाख ९१ हजार २५१ वटा कारोबारबाट ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी विकास बैंक समूह ३ दशमलव ९५ प्रतिशत बढेको छ । वाणिज्य बैंक समूह ३ दशमलव १६ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ७६ प्रतिशत र जलविद्युत समूह २ दशमलव २९ प्रतिशत बढेको छ ।

कारोबारमा आएका सबै समूहको सूचक बढ्दा सबैभन्दा कम सामुहिक लगानी कोष ० दशमलव ०४ प्रतिशत बढेको छ ।

उच्च कारोबार गर्ने १० मध्ये ८ कम्पनी जलविद्युत समूहका

बैंकिङ सूचक बढी बढे पनि उच्च कारोबार गर्ने १० मध्ये ८ कम्पनी भने जलविद्युत समूहका छन् । ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै ६७ करोड १६ लाख १६ हजार ५३६ रुपैयाँको शेयर किनबेच भएको छ ।

उच्च शेयर कारोबार हुने अन्य कम्पनीमा नेशनल हाइडोपावर, रिडी पावर, आँखुखोला जलविद्युत कम्पनी, अपर तामाकोशी, कुमारी बैंक, अपि पावर, अरुण काबेली पावर, हिमाल दोलखा हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।

५ कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यसरी मूल्य बढ्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।

बजार बढे पनि केही सामुहिक लगानी कोषका इकाइ र डिबेन्चर उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् । महुली लघुवित्तको शेयरमूल्य पनि झण्डै ३ प्रशित घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ७६ अर्ब १९ करोड २९ लाख ३५ हजार ३६९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments