Wednesday, March 18, 2026
Homeफिचरझापा ५ मा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन भूमिका खेल्ने प्रहरी नायब निरीक्षक...

झापा ५ मा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन भूमिका खेल्ने प्रहरी नायब निरीक्षक किशोर लम्साल उत्कृष्ट प्रहरी घोषित

विराटचोकः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार लम्सालले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्नुभएको थियो । लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर– ५ जस्तो अति संवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना हुन नदिई निर्वाचन सम्पन्न गराउन सफल हुनुभएको थियो ।

त्यस्तै, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा उहाँ सक्रिय हुुनुभएको थियो ।

हतियार खोज्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा वाइ १३४८७ नम्बरको मार्का–४ राईफल एउटा र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुभएको थियो । फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फछ्र्यौट भएको, जेनजी आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भूमिका निर्वाह गरेको हुनाले पनि उहाँ सम्मानित हुनुभएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भूमिका निर्वाह गर्न उहाँ सक्रिय हुुनभएको थियो ।

विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भूमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कार्यालयले जनाएको छ ।

देशकै ध्यान खिचिएको र राजनीतिक रूपमा ‘अतिसंवेदनशील’ मानिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको हुनाले पनि डीएसपी लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित हुनुभएको जनाइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमकका प्रमुख लम्साललाई उनको व्यावसायिक कार्यसम्पादन, साहस र कर्तव्यपरायणताको कदर गर्दै मंगलबार सो सम्मान प्रदान गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments