काठमाडौंः ग्लोबल मनि विक २०२६ को अवसर तथा हालै सम्पन्न अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल धितोपत्र बोर्ड तथा प्रविधिमा महिलाको सहकार्यमा हिजो पूँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष शिला कंसाकार कार्कीको सभापतित्व तथा बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख डा. नवराज अधिकारीको प्रमुख आतिथ्यता एवम् सिडिएस एण्ड क्लियरिङ लिमिटेडकी कार्यकारी प्रमुख श्री प्रवीण पन्धाकको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रमका बारेमा बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहालले प्रकाश पार्नुभएको थियो ।
विशेष अतिथि प्रवीण पन्धाकले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. नवराज अधिकारीले ग्लोबल मनि विक २०२६ को पृष्ठभूमि एवम् पूँजी बजार सचेतना अभिवृद्धि कार्यक्रमको महत्वबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोर्डको तर्फबाट निर्देशक सनु खड्काले फण्डामेन्टल्स अफ इन्भेस्टमेन्ट अपरच्युनिटिज एण्ड क्यापिटल मार्केट विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको तर्फबाट वरिष्ठ सूचना प्रविधि अधिकृत रन्जुकुमारी सिंहले प्रोसेस अफ क्लियरिङ एण्ड सेटलमेण्ट विषयमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुतकर्ताहरूले सहभागीहरूका जिज्ञासाको समाधान गर्नुभएको थियो ।
कार्यक्रमकी सभापति प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष शिला कंसाकार कार्कीले समापन मन्तव्यसहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो । ९३ जना सहभागी भएको कार्यक्रमको सञ्चालन बोर्डकी सहायक निर्देशक पूजा खनालले गर्नुभएको थियो ।





