विराटचोकः साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १३.५१ अङ्कले बढेर २८१२.३४ विन्दुमा अडिएको छ ।
आज नेप्सेमा सूचीकृत ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १ लाख ६ हजार १४० पटक किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा सूचीकृत ६ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक १ दशमलव ५९ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.८४ प्रतिशत, विकास बैंक समूह ०.६४ प्रतिशत, लगानी समूह ०.६१ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.३६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत बढेको छ ।
बजार बढे पनि जीवन बीमा समूह सर्वाधिक ०.३१ प्रतिशतले घटेको छ । लघुवित्त समूह ०.२६ प्रतिशत, व्यापार समूह ०.२१ प्रतिशत, फाइनान्स समूह ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, अन्य समूह ०.१० प्रतिशत र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ ।
आज रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयरमूल्य १० प्रतिशत बढेको छ ।
बढेको बजारमा रिडी हाइड्रोपावरको सर्वाधिक ५६ करोड ३७ लाख ६१ हजार ७२५ रुपैयाँको शेयर कारोबार भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर रहेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ६६ अर्ब १९ करोड ३ लाख २५ हजार ४५ रुपैयाँ कायम भएको छ ।





