काठमाडौंः सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले गरेका मुख्य मुख्य निर्णयहरू प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय सरकारले गरेको छ । जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल
बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।
बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, कायरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।





