Monday, March 16, 2026
Homeअर्थशेयरउतारचढावका बीच आइतबार नेप्सेमा सामान्य अङ्कको सुधार

उतारचढावका बीच आइतबार नेप्सेमा सामान्य अङ्कको सुधार

विराटचोकः चैत महिनाको पहिलो दिन हिजो नेपाली शेयरबजारमा झिनो अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २८२४.९० बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १ लाख २४ हजार ४९० पटक किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको शेयर कारोबार भएको छ ।

९ समूहमा हरियाली छाएको बजारमा सर्वाधिक बढ्ने समूहमा व्यापार समूह रहेको छ । यो समूह २.८३ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.७४ प्रतिशत, फाइनान्स समूह ०.२२ प्रतिशत, बैंकिङ समूह ०.२१ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशत, जलविद्युत समूह ०.०६ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेको छ ।

बजार बढे पनि होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, लगानी समूह ०.५४ प्रतिशत, जीवन बीमा समूह् ०.४६ प्रतिशत र सामुहिक लगानी कोष समूह ०.२५ प्रतिशतले घटेको छ ।

बढेको बजारमा सर्वाधिक कमाउने कम्पनीमा सोलु हाइड्रो र सालपा विकास बैंक रहेका छन् । यी दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ ।

होटल फरेस्ट इनको ९.९३ प्रतिशत, ग्रीनलाइफ हाइड्रोको ९.५३ प्रतिशत, अभियान लघुवित्तको ५.३१ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको ५.१५ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४.९२ प्रतिशत, युनिभर्सल पावरको ४.७१ प्रतिशत, त्रिशुली जलविद्युतको ४.३९ प्रतिशत र हिमालयन हाइड्रोको ४.३१ प्रतिशतले भाउ बढेको छ ।

बजर बढे पनि दरमखोला हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोको ५.१८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.६६ प्रतिशत, थ्री स्टार हाइड्रोको ३.३५ प्रतिशत, हिमस्टार उर्जाको ३.३० प्रतिशत, एनआइबीएल स्टेबल फण्डको २.८६ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको २.८६ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको २.८४ प्रतिशत, नेशनल हाइड्रोपावरको २.८३ प्रतिशतले भाउ सस्तिएको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ८७ अर्ब ४६ करोड ९९ लाख ७४ हजार २२९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments