Monday, March 23, 2026
Homeफिचर५० हजारभन्दा बढी मत ल्याएर जित्ने उम्मेद्वार १२ जना, सबै रास्वपाका, झापाबाट...

५० हजारभन्दा बढी मत ल्याएर जित्ने उम्मेद्वार १२ जना, सबै रास्वपाका, झापाबाट २ जना उम्मेद्वारले ल्याए ६० हजार बढी भोट

विराटचोकः हालै भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा ५० हजारभन्दा बढी मत ल्याएर १२ जना उम्मेद्वारले निर्वाचन जित्दै सांसद हुुनभएको छ । उहाँहरू सबै जना राष्ट्रिय स्वतन्त्र पार्टीका हुनुहुन्छ ।

६० हजारभन्दा बढी मत ल्याएर जित्ने २ जना (बालेन्द्र शाह झापा ५ र इन्दिरा राना झापा २) हुनुहुन्छ ।

सबैभन्दा धेरै मत बालेनको
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार सबैभन्दा धेरै मत ल्याएर रास्वपाका नेता बालेन्द्र शाह विजयी हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई पराजित गर्नुभएका शाहले ६८ हजार ३४८ मत ल्याउनुभएको हो । झापा क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिनुभएका उहाँका मुख्य प्रतिष्पर्धी नेकपा एमालेका ओलीले १८ हजार ७३४ मत ल्याउनुभयो । गत निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमालेका ओली ५२ हजार ३१९ मत ल्याएर विजयी हुनुभएको थियो ।

झापा २ मा उपसभामुख इन्दिरा रानाद्वारा सभामुख देवराज घिमिरे पराजित
झापा क्षेत्र नम्बर २ बाट रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मत ल्याएर विजयी हुनुभएको छ । विघटित प्रतिनिधि सभामा समानुपातिक सांसद रहनुभएकी राना प्रतिनिधि सभाको उपसभामुख हुनुहुन्थ्यो । उपसभामुख रानाले सोही प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पराजित गर्नुभएको हो । रानाका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार घिमिरेले ११ हजार ३६८ मत मात्रै ल्याउनुभयो । अघिल्लो निर्वाचनमा घिमिरे सो क्षेत्रबाट २८ हजार ७१६ मत ल्याएर विजयी हुँदै सभामुख बन्नुभएको थियो ।

चितवन ३ मा सोबिता गौतमले ल्याइन् ५९ हजारभन्दा बढी मत
चितवन क्षेत्र नम्बर ३ बाट विजयी रास्वपाकी सोबिता गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले २० हजार ६१५ मत ल्याउनुभयो ।

अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेद्वार विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर निर्वाचित भएको सो क्षेत्रमा यस पटक राप्रपाका उम्मेद्वार दीपक थापामगर १ हजार २२६ मत ल्याउँदै पाँचौँ स्थानमा झर्नुभयो ।

५० हजारभन्दा बढी मतान्तरमा जित्ने एक्लो सांसद डा. लेखजंग थापा
निकटतम प्रतिष्पर्धीभन्दा ५० हजारभन्दा बढी मत ल्याएर जित्ने सांसद रास्वपाका डा. लेखजंग थापा हुनुभएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी थापाले ५८ हजार ८१४ मत ल्याउँदा उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत ल्याउनुभयो । उहाँहरुबीच ५० हजार ३७९ मतको अन्तर छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा ३६ हजार ७१७ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका बालकृष्ण खाँण निकटतम प्रतिष्पर्धी रहँदै ३४ हजार ३६ मत ल्याउँदा तेस्रो स्थानमा रहेको रास्वपाका जीतबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत ल्याउनुभएको थियो ।

सबैभन्दा धेरै रास्वपाका उम्मेद्वार बालेन शाहले ६८ हजार ३४८ मत ल्याए पनि उहाँका मुख्य प्रतिष्पर्धी नेकपा एमालेका केपी ओलीसँगको मतान्तर ४९ हजार ६१४ को मात्रै छ ।

५० हजारभन्दा बढी मत ल्याएर निर्वाचन जित्ने अन्य सांसद
५० हजारभन्दा बढी मत ल्याएर जित्ने अन्य सांसदहरू यसप्रकार हुनुहुन्छ ।
१. चितवन १ हरि ढकाल ५८२०८
२. सुनसरी २ लालविक्रम थापा ५७३४८
३. रुपन्देही २ सुलभ खरेल ५६५५०
४. मोरङ ६ रुबिना आचार्य ५५५१३
५. रुपन्देही १ सुनिल लम्साल ५४८४५
६. चितवन २ रवि लामिछाने ५४४०२
७. काभ्रेपलाञ्चोक २ बदनकुमार भण्डारी ५३३४४
८. नवलपुर १ राजन गौतम ५०९४५

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments