बेलबारीः कजरिया ब्रान्डका टायल्सको आधिकारिक बिक्रेताका रूपमा रहेको महालक्ष्मी ट्रेडर्सको नयाँ शोरूम शुक्रबार उद्घाटन गरिएको छ । बेलबारी र सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुखलगायतले शोरूमको उद्घाटन गर्नुभएको थियो ।
बेलबारी नगरपालिका वडा नम्बर २ थापा चोकमा सो शोरूमको औपचारिक उद्घाटन गरिएको हो । शोरूमका सञ्चालक नवराज बस्नेतका अनुसार विश्वकै उत्कृष्ट टायल्स कम्पनी कजरियाका सबै उत्पादन सुपथ मूल्यमा बिक्री गरिने गरी शोरुम स्थापना गरिएको हो ।
सुन्दरहरैँचामा ११ वर्षअघि देखि सञ्चालनमा रहेको महालक्ष्मी ट्रेडर्सले व्यवसाय विस्तार गर्दै ठूलो स्थानमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो । बस्नेतले जनाएअनुसार केराबारी, बेलबारी, लेटाङ, सुन्दरहरैँचा, नेताचोक लगायतका क्षेत्रमा सहज सेवा उपलब्ध गराइने गरी व्यवसाय बिस्तार गरिएको हो ।







