विराटनगरः नेपाली कांग्रेसबाट मोरङ– ६ का उम्मेदवार डा. शेखर कोइरालाले मोरङको बुढीगंगा गाउँपालिकाका ७ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरे ।
केही दिन अघि कोइरालाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ मा पर्ने मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ का वडा कार्यालय पनि एकै दिन उद्घाटन गरेका थिए ।







