Wednesday, February 11, 2026
Homeशिक्षा र स्वास्थ्यनेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा

नेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा

विराटचोकः आजदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा आएको छ ।

आज सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की तथा नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गर्नुभएको हो । रोपान्स वेलनेस सेन्टरसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ ।

भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण पूर्ण रूपमा क्षति पुगेको सेवा पुनः सञ्चालनमा ल्याइएको निर्देशक दुलालले बताउनुभयो । स्वास्थ्य, सौन्दर्य तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले वेलनेस सेन्टर सुरु गरिएको उहाँको भनाइ छ ।

दुलालका अनुसार वेलनेस सेन्टरको भुइँतलामा सौना बाथ तथा स्टीम सेवा उपलब्ध छ । पहिलो तलामा फिटनेस तथा जिमखाना सञ्चालनमा रहेको छ । त्यसैगरी दोस्रो तलाबाट मसाज, स्पा, सैलुन, म्यानिक्योर तथा पेडिक्योर सेवा प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।

सेवा उद्घाटनको अवसरमा आयोजित कार्यक्रममा नेपालीरिका होटलका सञ्चालकहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, होटलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments