विराटचोकः साताको चौथो कारोबार दिन आज शेयरबजारमा दिनभर उतारचढाव आयो । अन्तिम समयमा भने नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा रोकिएको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात ०.४७ प्रतिशतले बढ्न पुग्यो । होटल समूह सर्वाधिक अर्थात ०.६३ प्रतिशतले घटेको छ ।
घटेको बजारमा आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख ६६ हजार ५७२ रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत्, सिंगटी हाईड्रो, एसवाई प्यानल नेपाल र युनियन हाईड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
घटेको बजारमा सर्वाधिक कारोबार भएको रिडी पावर नै आज उच्च मूल्य बढ्ने कम्पनीमा परेको छ । सो कम्पनीको ९ दशमलव ६७ प्रतिशतले मूल्य बढ्दा सिंगटी हाईड्रो, आँखुखोला जलविद्युत, घलेम्दी हाईड्रोको ५.६९ र पिपुल्स पावर उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।
घटेको बजारमा सुपरमाई हाईड्रोको शेयरमूल्य आज सर्वाधिक अर्थात ६.३९ प्रतिशतले घट्दा शुभम् पावरको शेयरमूल्य ६.२१ प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ५.८० प्रतिशत र नारायणी डेभलपमेन्टको शेयरमूल्य ४ दशमलव ५९ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६९ अर्ब ७१ करोड ८६ लाख ६४ हजार १६५ रुपैयाँ कायम भएको छ ।







