Tuesday, February 10, 2026
Homeअर्थशेयरसवा १० अङ्कले घटेको शेयर बजारमा उच्च कारोबार गर्ने १० कम्पनीमा ९...

सवा १० अङ्कले घटेको शेयर बजारमा उच्च कारोबार गर्ने १० कम्पनीमा ९ वटा जलविद्युत समूहका

विराटचोकः साताको तेस्रो कारोबार दिन आज पनि शेयर बजार परिसूचक मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) ०.३८ प्रतिशत अर्थात् १०.२५ अंकले घटेर २ हजार ६६२.१४ अङ्कमा अडिएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३२४ वटा कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक किनबेच हुँदा ८ अर्ब १६ करोड ६४ लाख १० हजार १३२ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सामुहिक लगानी कोष र व्यापार समूह मात्रै क्रमशः ०.१९ र ०.५२ प्रतिशतले बढेका छन् । आज विकास बैंक समूह सर्वाधिक अर्थात् १.१५ प्रतिशतले घटेको छ ।

घटेको बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४५ करोड २८ लाख ४२ हजार ४९२ रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत्, रिडी पावर, युनियन हाईड्रोपावर र अरुण काबेली उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् । उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटा जलविद्युत समूहका छन् । सोमबारको बजारमा पनि उच्च कारोबार गर्ने, उच्च मूल्य घट्ने, उच्च मूल्य बढ्ने, धेरै कित्ता कारोबार हुने र धेरै पटक कारोबार हुनेमा जलविद्युत समूहका कम्पनी परेका थिए ।

घटेको बजारमा कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक अर्थात ६.३६ प्रतिशतले बढ्दा अरुण भ्याली हाईड्रो, आत्मनिर्भर लघुवित्त र अरुण काबेली पावर उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।

मङ्गलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात ५.२४ प्रतिशतले घट्दा माईखोला हाईड्रो, घलेम्दी हाईड्रो, र सुपरमादी हाईड्रो उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६९ अर्ब ८० करोड १६ लाख ९६ हजार ६९३ रुपैयाँ निर्धारण भएको छ ।

 

मूल्य घट्ने, मूल्य बढ्ने, धेरै कारोबार हुने, धेरै कित्ता कारोबार हुने अधिकांश जलविद्युत समूहका

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments