Tuesday, February 10, 2026
Homeअर्थशेयरमूल्य घट्ने, मूल्य बढ्ने, धेरै कारोबार हुने, धेरै कित्ता कारोबार हुने अधिकांश...

मूल्य घट्ने, मूल्य बढ्ने, धेरै कारोबार हुने, धेरै कित्ता कारोबार हुने अधिकांश जलविद्युत समूहका

विराटचोकः नेपाली शेयर बजारमा सोमबार एउटा संयोग देखिएको छ । २६.०५ अंकले घटेर २६७२.३९ अङ्कमा रोकिएको शेयर बजारमा उच्च मूल्य घट्ने र उच्च मूल्य बढ्ने कम्पनीमा जलविद्युत समूहका कम्पनी परेका छन् । त्यतिमात्रै होइन धेरै रकम कारोबार गर्ने, धेरै पटक कारोबार हुने र धेरै कित्ता कारोबार हुने अधिकांश कम्पनी पनि जलविद्युत समूहकै छन् ।

खानीखोला हाइड्रोपावर र रिडी पावरको शेयरमूल्य १० प्रतिशत हाराहारीमा बढ्दा लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनीलगायतका जलविद्युत समूहका कम्पनीहरु उच्च मूल्य बढ्ने कम्पनीमा परे । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये दुई वटा सामुहिक लगानी कोष समूहका कम्पनी छन् भने बाँकी ८ वटा जलविद्युत समूहका छन् ।

उता, धेरै शेयर मूल्य घट्ने कम्पनीमा पनि हाइड्रोपावर समूहकै कम्पनीहरु परे । सोमबार सबैभन्दा धेरै मायाखोला हाइड्रोपावर ५.४० प्रतिशतले घट्यो । माबिलुङ इनर्जी ४.९३ प्रतिशतले घट्यो । त्यस्तै सुपरमाई हाइड्रोपावर ४.४८ प्रतिशत र हिमस्टार ऊर्जा ४.२० प्रतिशतले घटन पुगे । टप गेनर १० कम्पनीमध्ये ८ वटा, टप लुजरका १० मध्ये ४ वटा हाइड्रोपावर समूहकै कम्पनी परे । त्यस्तै टप टर्नओभरको शीर्ष १० मध्ये ९ वटा, टप भोल्युम र टप ट्रान्जेक्सनको शीर्ष १० मध्ये ८ वटा कम्पनी पनि हाइड्रोपावर समूहकै परेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments