Tuesday, February 10, 2026
Homeशिक्षा र स्वास्थ्यसिंहदेवी आधारभूत विद्यालय बेलबारीको वार्षिकोत्सवमा भवन हस्तान्तरण, पुरस्कार वितरण र सम्मान प्रदान

सिंहदेवी आधारभूत विद्यालय बेलबारीको वार्षिकोत्सवमा भवन हस्तान्तरण, पुरस्कार वितरण र सम्मान प्रदान

बेलबारीः सोमबार सिंहदेवी आधारभूत विद्यालय बेलबारीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा भवन हस्तान्तरण, पुरस्कार वितरण र सम्मानलगायतका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

सोमबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले विद्यालयमा नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रहाङ राईले आफ्ना पिताको स्मृतिमा दुई कोठे पक्की भवन बनाएर विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । सोही भवनको शिलालेख नगरप्रमुख राईले अनावरण गर्नुभएको हो । कक्षा कोठाको चाबी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राईले नगरप्रमुख दिलप्रसाद राईलाई हस्तान्तरण गरेपछि सो चाबी नगर प्रमुख राईले विद्यालयका प्रधानाध्यापक ध्रुव दाहाललाई प्रदान गर्नुभएको हो ।

कार्यक्रममा विद्यालयले गरेका विभिन्न प्रतियोगिता तथा वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयमा अक्षयकोष स्थापना गर्नुहुने अक्षयकोष संस्थापक तथा परिवारलाई र विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने शिक्षासेवी तथा समाजसेवीलाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले विद्यालयमा हालको व्यवस्थापन समिति र प्रधानाध्यापकको मिहिनेतका कारण विद्यालयले प्रगति गरिरहेको भन्दै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राईका साथै बेलबारी नगरपालिकाका शिक्षा विज्ञ गुरुप्रसाद अधिकारी, कबिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक छत्रपति दाहाल, नेपाल शिक्षक महासंघका अध्यक्ष इन्द्रबहादुर थापा, बेलबारी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ, बागदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामचन्द्र भट्टराईलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुव दाहालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रहाङ राईले विद्यालय व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments