Monday, February 9, 2026
Homeफिचरसाक्षरदेखि विद्यावारिधीसम्म मोरङ–३ को चुनावी मैदानमा

साक्षरदेखि विद्यावारिधीसम्म मोरङ–३ को चुनावी मैदानमा

विराटचोकः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा साक्षरदेखि बौद्धिक उम्मेद्वारहरूबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

विद्यावारिधी उपाधिप्राप्त नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार बन्नुभएका ५८ वर्षीय डा. देउमान सम्वाहाम्फे सबैभन्दा बढी शैक्षिक योग्यता भएका उम्मेद्वार हुनुहुन्छ ।

नेपाली कांग्रेसबाट उम्मेद्वारी दिनुभएका ४८ वर्षीय सुनिलकुमार शर्मा ब्याचलर अफ मेडिसिन (एमबीबीएस) शैक्षिक योग्यता भएका चिकित्सक हुनुहुन्छ । उहाँ विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका सञ्चालक हुनुुहुन्छ ।

नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिनुभएका ५५ वर्षीय इरानकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ४० वर्षीय गणेश कार्की, राष्ट्रिय ऊर्जाशील पार्टीका ४६ वर्षीय भुवनकुमार वाग्ले र संयुक्त नागरिक पार्टीका ४६ वर्षीय विदुर अधिकारीले स्नातकोत्तर तहको अध्ययन सक्नुभएको छ ।

सो निर्वाचन क्षेत्रबाट सबैभन्दा कम उमेरका उम्मेद्वार श्रम संस्कृति पार्टीका ३६ वर्षीय अमिर मगर र जय मातृभूमि पार्टीका ५७ वर्षीय नवराज मास्केले स्नातक तहको अध्ययन सक्नुभएको छ ।

राप्रपाका ५७ वर्षीय प्रेमप्रसाद सुवेदी र उज्यालो नेपाल पार्टीका ५२ वर्षीय मित्रसेन योञ्जनले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका ४५ वर्षीय खड्गबहादुर कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५५ वर्षीय डिल्लीबहादुर जबेगु, स्वतन्त्र उम्मेदवारहरू गणेश मिश्र र तेजप्रसाद भण्डारीले एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, जनता समाजवादी पार्टीका मजेबुल रहमान र आम जनता पार्टीका कमलकुमार राईले १२ कक्षासम्मको अध्ययन पूरा गर्नुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका ५८ वर्षीय परशुराम विश्वास थारू साधारण साक्षर हुनुहुन्छ ।

मोरङ ३ का स्वतन्त्र उम्मेद्वारः उम्मेद्वारी किन दिएको भन्नेमा नै प्रष्ट छैनन्

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments