Thursday, March 26, 2026
Homeखेलकुदआईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले...

आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

विराटचोकः आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ ।

आइतबार वानखाडे क्रिकेट स्टेडियममा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन, लोकेश बम र कप्तान रोहित पौडेलले समान ३९–३९ रन बनाए ।

बलिङतर्फ इंग्ल्याण्डका लागि लिम डसनले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि जेकब वेथेलले ५५ रन र कप्तान हेरी बेकरले ५३ रन बनाए ।

इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments