Monday, February 9, 2026
Homeराजनीतिदेशभरका ३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

देशभरका ३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

विराटचोकः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी ३ हजार ४०६ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार छन् ।

त्यसो त १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्रमा त महिला उम्मेद्वार नै छैनन् । तथ्यांकअनुसार कोशी प्रदेश अन्तर्गतका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेद्वारी शून्य छ । ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेद्वार छैनन् ।

कोशी प्रदेशमा पुरुष उम्मेदवार ४३६ जनाको र महिला उम्मेदवार ५८ जनाको रहेको छ ।

मधेश प्रदेशअन्तर्गत महिला उम्मेदवार शून्य रहेको एउटा मात्रै निर्वाचन हो रौतहट–२ । त्यहाँ २६ जना उम्मेदवार छन् । यसमध्ये १४ जना दलीय र १२ जना स्वतन्त्र उम्मेदवार छन् । सबै पुरुष उम्मेददवार हुन् ।

मधेश प्रदेशमा महिला उम्मेदवारको संख्या १०९ छ । पुरुष उम्मेदवार ९१८ जना छन् ।

बागमती प्रदेशमा काभ्रे–१, सिन्धुली–१ र नुवाकोट–२ मा महिला उम्मेद्वार छैनन् ।

बागमती प्रदेशमा महिला उम्मेदवारको संख्या १०८ छ । पुरुष उम्मेद्वार ६२३ जना छन् ।

गण्डकी प्रदेशअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा महिला उम्मेद्वारी शून्य छ । पुरुष मात्रै उम्मेदवार रहेका क्षेत्रहरूमा स्याङ्जा–१, स्याङ्जा–२, म्याग्दी रहेका छन् ।

गण्डकी प्रदेशमा पुरुष उम्मेदवार २०३ जना र महिला उम्मेदवार ३१ जना छन् ।

लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु–३, रोल्पा, दाङ–१ र बाँके –२ मा महिला उम्मेदवारी शून्य छ ।

लुम्बिनी प्रदेशमा ५८२ जना उम्मेदवार छन् । त्यसमध्ये महिला उम्मेदवारको संख्या ५३ र पुरुष उम्मेदवारको संख्या ५२९ जना छ ।

कर्णाली प्रदेशका चार वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । मुगु, कालीकोट, जाजरकोट र सुर्खेत १ मा पुरुष उम्मेद्वारहरू मात्रै प्रतिस्पर्धामा रहेका छन् ।

कर्णाली प्रदेशमा १३१ उम्मेदवार छन् । त्यसमध्ये महिला उम्मेदवार ११ जना र पुरुष उम्मेदवार १२० जना छन् ।

सुदूर पश्चिमका बाजुरा, अछाम–१, अछाम–२, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा महिला उम्मेद्वार छैनन् ।

सुदूर पश्चिम प्रदेशमा २०६ उम्मेद्वार हुँदा महिला उम्मेदवार १८ जना र पुरुष उम्मेद्वार १८८ जना छन् ।

देशभरमा महिला उम्मेद्वारको उपस्थिति ११ दशमलव ३९ प्रतिशत मात्रै छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments