Saturday, February 7, 2026
Homeफिचरमोरङ ३ का स्वतन्त्र उम्मेद्वारः उम्मेद्वारी किन दिएको भन्नेमा नै प्रष्ट छैनन्

मोरङ ३ का स्वतन्त्र उम्मेद्वारः उम्मेद्वारी किन दिएको भन्नेमा नै प्रष्ट छैनन्

खेमचन्द्र अधिकारी
विराटचोकः ‘तपाईँ क्षेत्र नम्बर २ को बासिन्दा हुनुहुन्छ तर क्षेत्र नम्बर ३ मा किन उम्मेद्वारी दिनुभएको ? चुनावमा विजयी भएपछि के गर्ने योजना छ ?
मोरङको क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई स्थायी ठेगाना भए पनि मोरङको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका तेजप्रसाद भण्डारी प्रश्न सुनेपछि अकमकिनुभयो ।

‘चुनाव प्रचारप्रसार कसरी गर्दै हुनुुहुन्छ’, भण्डारीलाई अर्काे प्रश्न सोधियो ।

‘मैले अहिले प्रचारप्रसार शुरु गरेको छैन । म इटहरामा छु । घरायसी सामान किनमेलमा व्यस्त छु । बोल्न भ्याउँदिनँ ।’

‘कसलाई जिताउन कि हराउन उम्मेद्वारी दिनुभएको’, भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘म अहिले केही बोल्दिनँ । चुनाव प्रचारमा लागेपछि तपाईँलाई फोन गर्छु । तपाईँको फोन नम्बर सेभ गर्छु ।’ यति भन्दै उहाँले फोन काट्नुभयो ।

उम्मेद्वारी दिए पनि चुनावी अभियानमा सामेल नभई उहाँ रतुवामाईमै घरायसी काममै व्यस्त हुनुहुँदो रहेछ ।

यही फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ मा २१ जनाले उम्मेद्वारी दिएकोमा ३ जना स्वतन्त्र उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । अब २ जना स्वतन्त्र उम्मेद्वारसहित १८ जना उम्मेद्वार चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेद्वारी दिएर नाम फिर्ता लिने र फिर्ता नलिनेले पनि किन आफूले उम्मेद्वारी दर्ता गराएको भन्ने स्पष्ट बताउन भने चाहेनन् ।

पथरीशनिश्चरे–७ निवासी दलबहादुर थापाले स्वतन्त्र उम्मेद्वारी दिए पनि फिर्ता लिनुभएको छ । आफ्ना कुनकुन एजेण्डा प्रस्तुत गर्न वा संसदमा के गर्ने योजनाका साथ उम्मेद्वारी दिनुभएको थियो भन्ने प्रश्नको जवाफ भने उहाँले दिन सक्नुभएन ।

‘सक्रिय हुन भ्याइएन, त्यसैले उम्मेद्वारी फिर्ता लिएँ,’ उम्मेद्वारी फिर्ताको विषयमा जिज्ञासा राख्दा कानेपोखरी–६ रमाइलोका सुरेश लिम्बूले भन्नुभयो, ‘म किसानी नै गर्छु भनेर उम्म्देवार नहुने विचार गरेँ ।’

उत्साहका साथ उम्मेद्वारी नदिएजस्तो देखिएका तीन जनाले उम्मेद्वारी फिर्ता लिए पनि मोरङ क्षेत्र नम्बर ३ का दुई जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिनुभएको छैन ।

स्वतन्त्र उम्मेद्वारी दिएकी कञ्चन न्यौपानेको मोबाइल फोन सम्पर्क गर्न नमिल्ने बनाइएको छ । उम्मेद्वारी दर्ताको क्रममा उहाँले निर्वाचन आयोगमा टिपाउनुभएको मोबाइल नम्बरमा अहिले सम्पर्क हुन सक्दैन । यद्यपि उहाँले उम्मेद्वारी फिर्ता लिनुभएको छ ।

उम्मेद्वारी फिर्ता नलिए पनि चुनावी प्रचारमा पनि सक्रिय नहुनुभएका अर्का उम्मेद्वार हुुनुहुन्छ गणेश मिश्र । सुन्दरहरैंचा–१२ निवासी मिश्रले चुनावी एजेण्डाका विषयमा केही बताउनुभएन । चुनावको प्रचारप्रसारमा आफू अहिलेसम्म नलागेको उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments