विराटचोकः नेपाल ज्योतिष परिषद् मोरङको हिजो भएको अधिवेशनले स्वामप्रसाद भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद फुयाँल र उपाध्यक्षमा ताराप्रसाद कुइँकेल तथा रोहित गौतम रहनुभएको छ । सचिवमा वेणीप्रसाद शर्मा लामिछाने, सहसचिवमा यादवप्रसाद घिमिरे र एज्ञेन्द्रराज पौडेल तथा कोषाध्यक्षमा दुर्गादेवी खतिवडा चयन हुनुभएको छ ।
सदस्यहरूमा नन्दकिशोर मिश्र, हेमाकान्त शर्मा सापकोटा, भोगेन्द्र न्यौपाने, हरिप्रसाद काफ्ले र रामकृष्ण खड्का चयन हुनुभएको छ ।
सम्बन्धित समाचारः







