Friday, January 30, 2026
Homeसमाचारनेपाल ज्योतिष परिषद् मोरङको छैटौँ साधारणसभा सम्पन्न

नेपाल ज्योतिष परिषद् मोरङको छैटौँ साधारणसभा सम्पन्न

विराटचोकः नेपाल ज्योतिष परिषद् मोरङ जिल्ला समितिको छैटौँ साधारणसभा तथा तेस्रो अधिवेशन सुन्दरहरैंचाको विराटचोकमा सम्पन्न भएको छ ।

सुन्दरहरैँचा नगरपालिका वडा नं. ९ स्थित कालिमन्दिर परिसरमा हिजो सम्पन्न साधारणसभालाई परिषद्का केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलालगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँहरुले ज्यातिषीय फलादेशमा एकरूपता ल्याउन र ज्योतिषीहरुको आधिकारिकताका लागि अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गरिने बताउनुभयो ।

ज्योतिष क्षेत्रलाई मर्यादित, वैज्ञानिक र व्यवस्थित बनाउन परिषद् निरन्तर क्रियाशील रहने उहाँहरुको भनाइ थियो ।

साधारणसभामा परिषद्को केन्द्र, प्रदेश समिति र छिमेकी जिल्ला अध्यक्षका साथै विश्व ज्योतिष परिषद्का प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्योतिष क्षेत्रका विशिष्ट व्यक्तित्व विष्णुप्रसाद न्यौपाने, सामाजिक व्यक्तित्व गोपालबहादुर थापा तथा कालीमाता भजन कीर्तन साधना समूहलाई सम्मान गरिएको थियो ।

साधारणसभाले परिषद्का मोरङ अध्यक्ष राजेन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको थियो । परिषद्का मोरङ अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव यादवप्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा परिषद्का मोरङ उपाध्यक्ष सोम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments