Friday, January 30, 2026
Homeफिचरपञ्चायत मावि सुन्दरहरैंचाको ६१ औँ वार्षिकोत्सवमा पुरस्कार तथा सम्मान प्रदान

पञ्चायत मावि सुन्दरहरैंचाको ६१ औँ वार्षिकोत्सवमा पुरस्कार तथा सम्मान प्रदान

गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविको ६१ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा विद्यालयमा हालै नियुक्त हुनुभएका शिक्षक तथा कर्मचारीलाई स्वागत गरिएको थियो ।

विद्यालयमा गत वर्षको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कक्षागत रूपमा पुरस्कृत गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै हालै भएको सुन्दरहरैंचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कास्य पदक जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले विद्यालयको हालको अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले विद्यालयको वार्षिक प्रगतिको अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयमा स्थापित अक्षयकोषमार्फत् छात्रवृत्ति वितरण गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले कक्षागत रुपमा नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए ।

कक्षा ७ की विद्यार्थी सिम्रिका दाहालले ‘वैदेशिक रोजगार र यसका चुनौती’ शीर्षकमा अङ्ग्रेजी भाषामा आफ्नो भनाइ राख्नुभएको थियो ।

अध्ययनको लागि विद्यालयबाट बिदा लिनुभएकी शिक्षक ज्ञानु घिमिरेलाई कार्यक्रममा बिदाइ गरिएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक अम्बिकाप्रसाद सापकोटाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments