Monday, January 26, 2026
Homeफिचरयी हुन् हिजो भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनेहरु

यी हुन् हिजो भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनेहरु

विराटचोकः हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन् ।

कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेअनुसार राष्ट्रिय सभाका १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेद्वारी दिएको थियो । एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेद्वारी दिएका थिए ।

राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । बाँकी १८ पदका लागि हिजो बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । मतपरिणाम हिजै सार्वजनिक भएको छ ।

यी हुन् निर्वाचित हुनेहरु
कोशी प्रदेश
१. सुनिलबहादुर थापा (निर्विरोध), नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले

मधेस प्रदेश

१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल

गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाँक्री, नेकपा एमाले

कर्णाली प्रदेश
१. ललितजंग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले

सुदूर पश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments