लेटाङः लेटाङ नगरपालिकाले तामाङ समुदायलाई तामाङ जातिको परम्परागत बाजासम्बन्धी १५ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा तामाङ समुदायका १८ जना महिला र पुरुष सहभागी भएका थिए । तालिममा तामाङ समुदायको परम्परागत बाजाका साथै तामाङ सामुदायको जन्मदेखि मृत्युसम्मका संस्कारको विषयमा पनि जानकारी गराइएको थियो ।
तालिमको समापन कार्यक्रममा नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, प्रशिक्षक लामा लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
नगरपालिकाले आदिवासी जनजाति लक्षित कार्यक्रमलाई छुट्याएको बजेटबाट यसपटक तामाङ र नेवार जातिको बाजा बजाउने तालिम सञ्चालन गर्ने निर्णय गरिएकोमा पहिलो चरणमा तामाङ जातिको तालिम सञ्चालन गरिएको आदिवासी जनजाति महासंघ लेटाङका नगर अध्यक्ष बुद्धिमान राईले जानकारी दिनुभयो ।







