Friday, January 16, 2026
Homeधर्म र संस्कृतिजगतगुरु बालसन्त महाराजद्वारा लेटाङ ७ स्थित वराहजीधामको दर्शन

जगतगुरु बालसन्त महाराजद्वारा लेटाङ ७ स्थित वराहजीधामको दर्शन

लेटाङः प्राचीन हरिद्वार चतराधामका पीठाधीश जगतगुरु श्री श्री श्री १००८ बालसन्त मोहनशरण देवाचार्य महाराजले बुधबार लेटाङ– ७ स्थित ऐतिहासिक पौराणिक महत्वको वराहजी मन्दिरको दर्शन गर्नुभएको छ ।

नगर प्रमुख भुपेन्द्रकुमार लावतीको निमन्त्रणामा बालसन्त महाराजले लेटाङ ७ वाराङ्गी पुगेर ऐतिहासिक पौराणिक महत्व बोकेको वराहजी मन्दिरको दर्शन गर्नुभएको हो । सो अवसरमा वालसन्त महाराजले मन्दिरमा पूजापाठ गर्नुका साथै मन्दिरको महत्व, ऐतिहासिक पक्ष, जनश्रुतिलगायतका विषयमा जानकारी लिनुभएको थियो ।

स्थानीयवासीले वराहजी मन्दिर र वराहक्षेत्र मन्दिरबीच सम्बन्ध रहेको किंवदन्ती बताउने गरेको प्रसङ्गमा उहाँले शास्त्रहरुको अध्ययन गरी यथार्थ पत्ता लगाउने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्दिर दर्शनपछि प्रतिक्रिया दिनुहुँदै लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले वराहजीधाम र वराहक्षेत्रधाम बीच सम्बन्ध रहेको भनेर स्थानीयले बताउने गरेको बताउनुभयो । दुई धार्मिक स्थललाई एकआपसमा जोडेर यस क्षेत्रको प्रचार–प्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यका साथ बालसन्त महाराजलाई निमन्त्रणा गरी वराहजी मन्दिरको दर्शन गराउने कार्यक्रम राखिएको नगरप्रमुख लावतीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments