Sunday, October 18, 2026
Homeसमाचारआज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

विराटचोकः नेपालमा आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

वि. सं. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । सो दिन दिउँसो २ बजेर २४ मिनेट जाँदा गएको ८ दशमलव ४ म्याग्निच्युटको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो ।

सो भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएका थिए ।

१९९० पछि नेपालमा वि. सं. २०४५ र २०७२ सालमा विनाशकारी भूकम्प गएका थिए । नेपाल भूकम्पीय उच्च जोखिमको देशमा पर्दछ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments