विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले उत्कृष्ट नतिजा ल्याउने १३ जना विद्यार्थी र उत्कृष्ट १५ जना शिक्षकलाई सम्मान गरेको छ ।
विराटनगरमा सोमबार आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलामा १५ जना शिक्षक र १३ जना विद्यार्थीहरू सम्मानित भएका हुन् । गत वर्षको एसइईको परीक्षामा मोरङका संस्थागत विद्यालयहरूबाट ४ जीपीए ल्याउने १३ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सम्मानित हुनेमा विराटनगरका ११ जना र पथरीका २ जना विद्यार्थी रहेका छन् । विराटनगरका अभिनास राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पोदार, प्रिन्सा शाह, स्नेहल राज शाह, सुशोभित न्यौपाने, कृति योगल, प्रेम खतिवडा, आयुस्मा ढकाल, निश्चल न्यौपाने रहेका छन् । पथरीका श्रेजि पोख्रेल र आयुस्मा कार्की रहेका छन् ।
शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै १५ जना शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरूमा सर्वानी भट्टचार्य, सुनार विश्कर्मा, गायत्री चापागाई, घनमाया श्रेष्ठ, सुरज विश्वास, बालकृष्ण पौडेल, होमबहादुर मगर, हेमन्ता भण्डारी, निर्मलाकुमारी राजवंशी, प्रकाश पौडेल, सुमिता चौधरी, उमेश लुइँटेल, मुकेश मण्डल, फडिन्द्र अधिकारी र भूमिकादेवी दाहाल रहेका छन् ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष टीकाराम पुरी र प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतलगायतले कदरपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो ।







