Tuesday, January 13, 2026
Homeकला र साहित्यसुन्दरहरैंचामा माघ १ गते यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम हुने

सुन्दरहरैंचामा माघ १ गते यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम हुने

विराटचोकः यम बुद्ध फाउन्डेशनको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा स्वर्गीय ¥यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ ।

माघ १ गते हुने कार्यक्रम यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहने भएको छ । कार्यक्रममा सङ्गीतमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुका साथै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्न ‘यम बुद्ध छात्रवृत्ति कोष’ स्थापना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments