Thursday, January 1, 2026
Homeअर्थघट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

विराटचोकः नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलर मूल्य घटाइएको छ ।

भारतबाट एलपी ग्यासको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य नबढाइएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments