Thursday, January 1, 2026
HomeUncategorizedसन् २०२५ मा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

सन् २०२५ मा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

विराटचोकः सन् २०२५ मा नेप्से परिसूचक २.२२ प्रतिशत र कारोबार रकम ७.९१ प्रतिशतले बढेको छ । नेपाली शेयर बजारका लगानीकर्ताले उत्पादनमूलक क्षेत्रका कम्पनीका शेयर बढी मूल्य तिरेर पनि किनेका छन् ।

सन् २०२५ को शुरुमा उत्पादनमूलक समूहको सूचक ६,६६०.१९ अंकमा रहेकोमा वर्षको अन्तिम दिन १,९१८.४९ अंकले बढेर ८,५७८.६८ अंकमा बन्द भएको छ । समग्रमा उत्पादनमूलक कम्पनीको सूचक २८.८१ प्रतिशतले बढेको छ । तथापि सो समूहका सबै कम्पनीको शेयर मूल्य बढेका कारण नभई सन् २०२५ मा थपिएका नयाँ कम्पनीहरूको मूल्यमा आएको उच्च वृद्धिले गर्दा सूचक बढेको देखिन्छ ।

सन् २०२५ मा नेप्सेका ८ वटा समूहमा सुधार देखिँदा पाँच वटा समूह भने ओरालो लागेका छन् । उत्पादनमूलक समूहपछि अन्य समूह २१.६१ प्रतिशत र होटल तथा पर्यटन समूह १०.३४ प्रतिशतले बढेका छन् । विकास बैंक, लघुवित्त, जीवन बीमा र सामुहिक लगानी कोष सामान्य बढेका छन् ।

वित्त समूह सर्वाधिक ६.५५ प्रतिशतले घट्दा व्यापार समूह १६.१४ प्रतिशत र निर्जीवन बिमा समूह १०.८० प्रतिशत, बैंकिङ २.२६ र जलविद्युत समूह १.०५ प्रतिशतले ओर्लिएका छन् ।

सन् २०२५ मा सबैभन्दा बढी नाफा राधी विद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् । वर्षको शुरुमा ३३० रुपैयाँमा रहेको सो कम्पनीको मूल्य वर्षको अन्त्यसम्म आइपुग्दा ७५४ रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंक, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर पनि उच्च शेयरमूल्य बढ्ने कम्पनीमा परेका छन् ।

सुपर मादी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर उच्च शेयरमूल्य घट्ने कम्पनीमा परेका छन् ।

सन् २०२५ मा १८ वटा नयाँ कम्पनी दोस्रो बजारमा थपिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments