विराटनगरः नेकपा एमाले मोरङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेद्वारका लागि २८ जनाको नाम सिफारिश गरी केन्द्रमा पठाएको छ ।
एमाले स्रोतका अनुसार समानुपातिकको खुलातर्फ एमालेका निवर्तमान उपाध्यक्ष गुरु बराल, मोरङ जिल्ला कमिटीका पूर्वअध्यक्ष नरेश पोखरेल, बाबुराम कार्की र हरि घिमिरेको नाम सिफारिश गरिएको छ ।
महिलातर्फ उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मी भण्डारीका साथै सरस्वती खरेल, विमला घिमिरे र अञ्जु उपाध्यायको नाम सिफारिश गरिएको छ । आदिवासी ÷जनजातितर्फ ज्ञानेश्वर राजवंशी, भुवनसिंह राई, भूराज राई र इर्जालाल राजवंशीको नाम सिफारिश भएको छ ।
जनजाति\आदिवासी महिलातर्फ धना तामाङ, शान्ति लिम्बू, थारु खुलातर्फ सत्यनारायण चौधरी, थारु महिलामा किरण चौधरी, मधेशी खुल्ला रामलाल साह र रुपनारायण मिश्रको नाम सिफारिश भएको छ ।
अल्पसङ्ख्यक खुल्लामा लुखिराम हस्दा, अल्पसङ्ख्यक महिला अनिता सोरेन, मुस्लिम खुलामा मो नूरहसन मिया, ईमाम हैदर र हसन इमाम बक्सको नाम सिफारिश भएको छ ।
मुस्लिम महिला मञ्जिता खातुन, दलित खुला मोहनलाल सरदार, जीतनारायण सरदार, डिल्ली विश्वकर्मा, दलित महिला गीता शिखाको नाम सिफारिश भएको एमाले मोरङले जनाएको छ ।







